


काठमाडौँ : हाल नेपालमा उपल्लो वायुमण्डलमा विकसित पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभाव विशेषगरी कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश का पहाडी तथा हिमाली भू–भागमा देखिएको छ।
हाल ती प्रदेशका पहाडी र हिमाली क्षेत्रमा साधारण बदली रहेको छ भने देशका अन्य पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली छ। तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहे पनि बिहान केही स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका थोरै स्थान तथा अन्य हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने अनुमान छ। साथै ती प्रदेशका पहाडी क्षेत्रमा पनि एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। राति तराईका केही स्थानमा तुँवालो लाग्ने पूर्वानुमान गरिएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |