


नवलपरासी : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–८ चोरमारा बजारमा रहेको गिरुबारी पुल भासिँदा यातायात अवरुद्ध भएको छ।
सोमबार राति करिब ९ बजे ओभरलोड ट्रक पुलको बीच भागमा पुगेका बेला पुलको पूर्वपट्टि भासिएपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ । पुल भासिएपछि लामो तथा छोटो दुरीका सबै सवारी साधन रोकिएका छन्।
यातायात अवरुद्ध भएपछि सवारी साधनहरू करिब ३ किलोमिटर दक्षिणतर्फ रानीबारी हुँदै वैकल्पिक बाटो प्रयोग गरेर आवतजावत गरिरहेका छन्। प्रहरी कार्यालयले सवारी साधनहरूलाई सावधानीपूर्वक वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |