


काठमाडौँ : बझाङको दुर्गम क्षेत्रमा शनिबार भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन्। घाइतेको अवस्था चिन्ताजनक रहेकाले उद्धारका लागि हेलिकप्टर परिचालन गरिएको छ।
जिल्ला प्रशासन कार्यालय बझाङका अनुसार केदारस्यूँ गाउँपालिका-७ सुगुरेमा जिप दुर्घटना हुँदा तीन जनाले घटनास्थलमै ज्यान गुमाएका हुन्। दुर्घटनामा घाइते भएका पाँच जनाको अवस्था गम्भीर रहेकाले उनीहरूलाई तत्काल उपचारका लागि हवाई उद्धारको व्यवस्था गरिएको प्रशासनले जनाएको छ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ। प्रहरी र स्थानीयवासी घटनास्थलमा उद्धार तथा थप विवरण संकलनमा जुटेका छन्। मृतक र घाइतेको परिचय भने सार्वजनिक गरिएको छैन। प्रशासनका अनुसार घटनाबारे थप विवरण आउने क्रम जारी छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |