

काठमाडौँ : रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी २ हजार ४ सय २६ जना व्यक्ति अझै सम्पर्कविहीन रहेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ १३ गते बिहान १० बजेसम्मको अद्यावधिक तथ्याङ्क सार्वजनिक गर्दै खोजी तथा उद्धार कार्यलाई तीव्रता दिइएको जनाएको छ ।
सम्पर्कविहीन हुनेहरूमा जलविद्युत् आयोजनाका ९ सय ३३ जना श्रमिक, ५ सय १७ जना विदेशी नागरिक र १२ ७ जना गैरआवासीय नेपाली रहेका छन् । यस्तै जिल्लागत रूपमा रसुवाका ५ सय ६२, नुवाकोटका १ सय १५ र मकवानपुरका ६५ जना हराइरहेका छन् । बाढीले सुरक्षा निकाय र सरकारी कर्मचारीलाई पनि क्षति पुर्याएको छ । नेपाल प्रहरीका २७, नेपाली सेनाका ४५ र सशस्त्र प्रहरीका १३ जनासहित भन्सार, अध्यागमन र लाङटाङ निकुञ्जका २२ जना कर्मचारी समेत सम्पर्कविहीन छन् ।
बाढीका कारण हालसम्म ६ सय २६ जनाको शव फेला परेको छ भने १ सय १ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रभावित क्षेत्रमा उद्धार र खोजीका लागि १५ हजार २ सय २४ जना सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |