• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ कार्तिक ४, मंगलबार
Trending
pto khabar ptokhabar नेपाल प्रचण्ड कांग्रेस रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

११ महिना अघि
२

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

११ महिना अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

११ महिना अघि
४

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१२ महिना अघि
५

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

८ महिना अघि
६

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१२ महिना अघि
७

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

६ महिना अघि
८

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१२ महिना अघि
९

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

२ महिना अघि
१०

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

११ महिना अघि
११

गगन थापाको अन्डर कभर बालेन !

११ महिना अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१२ महिना अघि

ताजा अपडेट

१

गृहमन्त्री अर्याल नै निर्वाचनको मुख्य चुनौती भएको एमाले नेता बर्तौलाको दाबी

१५ घण्टा अघि
२

काठमाण्डौको प्लानिङ बेलबारी गोल्डकपको फाइनलमा प्रवेश

५ दिन अघि
३

सप्तरीमा ट्राफिक प्रहरीनै सरसफाइमा

५ दिन अघि
४

देउवा ३४ दिनपछि सार्वजनिक हुँदै, कांग्रेस कार्यसमिति आज बस्दै

१ हफ्ता अघि
५

सन्दीपको उत्कृष्ट बलिङमा नेपालको रोमाञ्चक जित

१ हफ्ता अघि
६

झापा ११ लाई पराजित गर्दै भोजपुर आठौं बेलबारी गोल्डकपको सेमिफाइनलमा प्रवेश

१ हफ्ता अघि
७

कार्की प्रधानमन्त्री बनेपछि पहिलोपटक सुरक्षा परिषद् बैठक

१ हफ्ता अघि
८

आईसीसी टी–२० : यूएईमाथि १ रनको रोमाञ्चक जित

१ हफ्ता अघि
९

आठौं बेलबारी अन्तराष्ट्रिय रनिङ गोल्डकप सुरु, आयोजक विजयी

१ हफ्ता अघि
१०

केपी ओली र रमेश लेखक नपक्रिए निर्वाचन हुन नदिने जेन्जीको चेतावनी

१ हफ्ता अघि
११

काठमाडौँमा आज र्‍याली–प्रदर्शनमा रोक

१ हफ्ता अघि
१२

राष्ट्रपति पौडेलले आज जेन्जी प्रतिनिधिसँग छलफल गर्दै

१ हफ्ता अघि
होमपेज /  मुख्य समाचार
  • ७९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • महाधिवेशन प्रतिनिधिलाई विद्या भण्डारीको पत्र

  • २०८२ भाद्र २०, शुक्रबार (१ महिना अघि)

  • काठमाडौं :  नेकपा (एमाले) की पूर्व उपाध्यक्ष तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पार्टी सदस्यता विवादप्रति आपत्ति जनाउँदै महाधिवेशन प्रतिनिधिलाई पत्र लेखेकी छन्। पार्टी केन्द्रीय कमिटीको साउन ५–६ गतेको बैठकको नाममा नवीकरण भइसकेको सदस्यतामाथि प्रश्न उठाइएकाले स्पष्टिकरण दिन पत्र लेखेको उनको भनाइ छ। ‘नवीकरणपछि धेरै बैठक बसे, तर त्यतिबेला सदस्यताको विषय उठेन। अहिले मात्र किन विवादमा पारियो रु’ भण्डारीले प्रश्न गरेकी छन्।

    पार्टी र जनताका लागि जीवन अर्पण गरेको स्मरण गर्दै उनले सदस्यता खोस्ने प्रयासलाई अन्यायपूर्ण भनेकी छन्। ‘यो मेरो आत्मरक्षाका लागि होइन, बरु पार्टीको उज्ज्वल भविष्यका लागि हो,’ भण्डारीले लेखेकी छन्।

    पार्टीलाई थप एकताबद्ध बनाउन आफ्नो प्रयास रहेको उल्लेख गर्दै उनले ‘नकारात्मक भाष्य सिर्जना गर्ने’ काम नगर्न आग्रह गरेकी छन्।

     

    भण्डारीको पत्रको पूर्णपाठ
    नेकपा (एमाले) विधान महाधिवेशनका प्रतिनिधि कमरेडहरू,
    अभिवादन

    नेकपा ९एमाले० केन्द्रीय कमिटीको यही २०८२ साल श्रावण ५ र ६ गते बसेको बैठकको निर्णयको नाममा नवीकृत भैसकेको मेरो सदस्यतामाथि प्रश्न उठाइएकाले यस बारेमा केही कुरा राख्ने उद्देश्यले यो पत्र लेखिरहेको छु । त्यसो त मैले पार्टी सदस्यता नवीकरण गरेपछि पनि पार्टीको सचिवालय, स्थायी समिति र केन्द्रीय कमिटीका बैठकहरू आयोजना भएका थिए, त्यसबखत मेरो सदस्यताको सवालमा कुनै प्रश्न गरिएन, तर अहिले किन यस्तो विवादको घेरामा पारियो रु यो विषय पार्टी र सिङ्गो राष्ट्रकै निम्ति गम्भीर हो ।

    मैले आफ्नो जीवनको लामो समय देश, जनता र पार्टीका निम्ति अर्पण गरेको छु । महिला अधिकार, मानव अधिकार, न्याय र समानताका लागि मैले निरन्तर आवाज उठाउँदै आएको छु । अनेकौँ संघर्ष, कठिनाइ र चुनौतीसँग मैले कहिल्यै हार मानेको छैन । आज मेरो सदस्यतामाथि उठाइएको प्रश्न मेरा निम्ति गम्भीर रूपमा खडा भएको छ । यो पत्र मेरो आत्मरक्षाका लागि होइन, बरु यो हाम्रो पार्टीको उज्ज्वल भविष्यका लागि हो । त्यसैले, तपाईंहरूले यस पत्रलाई आफ्नो अधिकारको रक्षा, पार्टीको सबलता, सुदृढ एवम् दिगो एकताको रूपमा बुझ्नुहुनेछ भन्ने गहिरो विश्वास लिएको छु ।

    स्कुले जीवनदेखि नै अनेकौँ संघर्ष, त्याग र समर्पणको बाटो हिँडेर म यहाँ आइपुगेँ र फेरि पनि बाँकी जीवन पार्टीमै आबद्ध भएर अगाडि बढ्ने अठोट गरेको छु । तर म अहिले एउटा यस्तो परिवेशमा उभिएको छु, मैले २०३७ सालमा प्राप्त गरेको पार्टी सदस्यता जो मेरो गहिरो आस्था र विश्वासको प्रतीक समेत हो, त्यसमा कुठाराघात गर्ने प्रयास गरिएको छ।

    पार्टीले विशेष निर्णय गरेर देशको राष्ट्रपति हुन पठाएपछि कुशलतापूर्वक सो अभिभारा पूरा गरेर फर्किएँ र अब पार्टीमा नै संलग्न भएर अगाडि बढ्न चाहन्छु भन्दा पार्टी सदस्य हुनबाट रोक्ने प्रयास ज्यादै दुःखको विषय हो । यस्तो प्रश्न मेरा निम्ति मात्र होइन कुनै पनि पार्टी सदस्यले भोग्नु हुँदैन भन्ने मेरो अडान हो ।
    स्मरण रहोस्, जनताको बहुदलीय जनवाद ९जबज० का प्रणेता जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसर पारेर २०८२ साल असार १४ गते पार्टीका अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि बनेर मदन भण्डारी फाउण्डेशनले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा मेरो पार्टी सदस्यता नवीकरण भैसकेको र मैले आफू नेकपा ९एमाले० परिवारको पुनः सदस्य हुन पाएकोमा गर्व गर्दै बाँकी जीवन पार्टी मार्फत देश र जनताको सेवामा समर्पित गर्ने घोषणा गरेको थिएँ ।

    यो विषय मैले उक्त कार्यक्रमको केही दिन पहिले मात्रै पार्टी अध्यक्ष कमरेडसँग मेरो भेट हुँदा मदन जयन्ती समारोहमा पार्टी सदस्यता नवीकरण गरेको कुरा आफूले सार्वजनिक गर्ने र ७५ औँ मदन जयन्तीका अवसरमा वैचारिक र रचनात्मक कार्यक्रम घनिभूत रूपमा सञ्चालन गर्नका लागि एउटा समिति गठन गर्ने विषयमा कुरा भएकै हो । अनि उक्त कार्यक्रममा मैले विधिवत रूपमा आफूले पार्टीको सदस्यता नवीकरण गरिसकेकोले त्यस विषयलाई सार्वजनिक गर्दै नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्त जबजको अजेयता, देशमा सामाजिक(आर्थिक रूपान्तरण प्रक्रियालाई तीव्र पार्नुपर्ने सन्दर्भ, पार्टीलाई थप सुदृढ तुल्याउनु पर्ने विषय र हाम्रो पार्टीको सुन्दर भविष्यको बारेमा त्यस कार्यक्रममा सम्बोधन गर्दै स्पष्ट पारेको थिएँ ।

    पार्टीको निर्णय अनुसार म मुलुकको राष्ट्रपतिको निर्वाचनमा सरीक भएँ र निर्वाचित भएँ । राष्ट्रपतिमा निर्वाचित भएपछि २०७२ कार्तिक १२ गते प्रेस नोट जारी गर्दै मैले लिइरहेको पार्टीको जिम्मेवारीबाट अलग भएको घोषणा गरेको थिएँ । राष्ट्रपतिको जिम्मेवारीबाट सामान्य नागरिकको रूपमा फर्किएपछि पार्टी नेतृत्वको सल्लाह बमोजिम नै मैले पार्टी सदस्यता नवीकरण गरेको हुँ । तर केही समय यता पार्टीका केही जिम्मेवार कमरेडहरूले अनेकौँ व्यङ्ग्य, घोचपेच र मर्यादा विपरित अभिव्यक्ति दिँदै खासगरी मेरो पार्टी सदस्यता नवीकरण नभएको भनी सार्वजनिक सञ्चार माध्यममा निरन्तर विचार प्रवाह गरिरहेकाले पार्टी परिवारमा अन्यौल र जनतामा भ्रम सिर्जना भएको छ। ती कमरेडहरूको पूर्ववत धारणामा किन परिवर्तन भएको हो, मलाई आश्चर्य लागेको छ ।

    मेरो विचारमा जबजले हामीलाई सिकाएको लोकतान्त्रिक संस्कार र संस्कृतिसँग यो मेल खाँदैन । एउटा वैधानिक लोकतान्त्रिक दलले संस्थागत गरिसकेको मेरो नवीकृत सदस्यता स्वीकार गर्नु पार्टीको विधिभित्रै पर्दछ । पार्टी संगठन सञ्चालनको सिद्धान्त जनवादी केन्द्रीयता हो । अझसम्म पनि हाम्रा अभिभारा र लक्ष्य हासिल भइसकेका छैनन् । त्यसको प्राप्तिका लागि हामी सबैको एकता, समझदारी र सक्रियताको आवश्यकता पर्दछ । तसर्थ, यो आग्रहप्रति सबै सदस्यहरू गम्भीर बन्दै मेरो सदस्यता कायम गर्ने बारेमा सकारात्मक धारणा र निर्णयको अपेक्षा गर्दछु । साथै, पार्टीले आफ्नो निर्णय सच्याउँदै पार्टीमा देश र जनताको हितका खातिर एकजुट भएर अगाडि बढ्ने वातावरण बनाउन आग्रह गर्दछु।

    मेरो सदस्यताको सवाल कसैलाई निजीजस्तो लागे पनि पार्टीका सम्पूर्ण सदस्यहरूको आस्था, विश्वास र अधिकारसँग समेत जोडिएको विषय हो । मैले हाम्रा कतिपय कमरेडहरूबाट निकट विगतमा पार्टीमा लोकतान्त्रीकरणका लागि गर्नुभएको कठोर संघर्ष, सुस्पष्ट लिखित अवधारणा र त्यसो गरिरहँदा पार्टीभित्रै व्यहोर्नुपरेको अपमान र पीडालाई नजिकबाट देखेको र बुझेको छु। त्यसबखत म र अरू कमरेडहरूप्रति अनेकौँ टिकाटिप्पणी हुँदा समेत जायज आवाजका लागि साथसाथ हामी लडेकै हौं ।

    ती अभियानहरू जो सफलताका लागि निर्णायक समेत बनेका थिए, ती सबै यति चाँडै विस्मृतिमा हराइसके रु वास्तवमा त्यसबेलाको मेरो त्यस्तो साथ पनि पार्टी हितका निम्ति नै थियो । त्यसैले, मेरो सदस्यताको विषयमा झिकिएको विवाद केवल व्यक्तिगत होइन, बरु यो हाम्रो पार्टीको विधि, मूल्य र लोकतान्त्रिक अभ्याससँग गाँसिएको छ । मेरो नवीकृत सदस्यतालाई निष्क्रिय बनाउने विषय हाम्रो पार्टीले अङ्गीकार गरेको पहलकदमी र प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने सिद्धान्तको समेत प्रतिकूल छ ।

    मेरो राजनीतिक जीवन प्रारम्भदेखि नेकपा ९माले० हुँदै नेकपा ९एमाले०सँग जोडिएको छ । कलिलै उमेरदेखि म लोकतन्त्र, न्याय र समानताका लागि भएका आन्दोलन, संघर्ष र अभियानमा पार्टीको साथमा रहेको छु । पार्टीका नीतिगत निर्णय कार्यान्वयनमा होस् वा राष्ट्र र जनताका पक्षमा गरिएका संघर्षका कठिन क्षणमा मैले सधैँ पार्टीलाई उच्च प्राथमिकता दिएको छु । यही समर्पणकै कारण त्यसबेला पार्टी अध्यक्ष केपी शर्मा ओली हुँदा नै विशेष निर्णय गरेर मलाई राष्ट्रपतिको उम्मेद्वार बनाइयो र मैले नेपालको राष्ट्रपति बन्ने अवसर प्राप्त गरेँ । त्यो पदमा रहेर मैले संविधानको मर्म र राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर आफ्नो दायित्व पूरा गरेको कुरा घाम जत्तिकै छर्लङ्ग छ ।

    दुर्भाग्यवश, आज पार्टी नेतृत्वका केही व्यक्तिमा मेरो सदस्यता र भूमिकालाई अस्वीकार गर्ने, निष्क्रिय बनाउने वा बेवास्ता गर्ने प्रवृत्ति देखिएको छ । हाम्रो पार्टीको विधानले कहिँ कतैबाट पनि म पार्टीको सदस्य हुनबाट रोक्नुपर्ने अवस्था देखिँदैन । हाम्रो देश र अन्तर्राष्ट्रिय अभ्यासलाई आधार मान्दा पनि मेरो सदस्यता नवीकरणको सवालमा प्रश्न उठाउनुपर्ने होइन ।

    नेपालको संविधानले समेत प्रत्येक नागरिकलाई मौलिक हकको रूपमा सहभागिता, समानता र स्वतन्त्रताको अधिकार दिएको छ र राजनीतिमा क्रियाशील हुन रोकेको छैन । त्यसैले, मेरो बारेमा पार्टीले गरेको भनिएको निर्णय र केही व्यक्तिको साँघुरो चिन्तन र नकारात्मक प्रवृत्तिले पार्टीलाई मात्र होइन, सम्पूर्ण लोकतान्त्रिक संस्कृतिलाई कमजोर पार्दछ भन्ने मेरो ठम्याई हो। पार्टी संगठनभित्र विधि, पद्धति, विधान र लोकतान्त्रिक अभ्यास कमजोर बन्यो भने त्यसको मार केवल व्यक्तिलाई होइन, सम्पूर्ण पार्टीलाई नै पर्दछ ।

    यस्तो परिपाटीलाई समयमै सच्याउँन सकेनौं भने हाम्रो पार्टीको प्रतिष्ठा, शक्ति तथा नेता(कार्यकर्ता बीचको एकता र जनताको हामीप्रति रहेको आस्था र विश्वास नै धर्मराउन सक्छ । मेरो यो प्रयास पार्टीलाई थप एकताबद्ध र सुदृढ बनाउन हो र मेरा यी प्रयासहरूलाई नकारात्मक उपमा दिएर गलत भाष्य सिर्जना गर्ने प्रयास नगरियोस् । यस्तो प्रयासलाई पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताले असफल पार्नु पर्दछ ।

    मेरो यो आग्रह कुनै व्यक्तिगत आकांक्षाको लागि होइन, बरु पार्टीभित्रको विधि, संस्कार र लोकतान्त्रिक मूल्यको संरक्षणका लागि हो । म विश्वास गर्छु कि, विधान महाधिवेशनका प्रतिनिधिहरूले मेरो यो आग्रहलाई गम्भीरतापूर्वक लिनुहुनेछ र पार्टीलाई अझ सबल बनाउन मद्दत पुऱ्याउनु हुनेछ । हाम्रो पार्टी बलियो भयो भने मात्र हाम्रो देश बलियो हुन्छ । हामीले जुन पार्टी निर्माण गरेका छौँ, त्यो केवल सांगठानिक संरचना मात्र होइन, बरु त्यो हाम्रो समर्पण, आकाङ्क्षा, विश्वास र लोकतन्त्रको प्रतीक हो । हाम्रो जीवन छोटो छ, जति नै भनेपनि हाम्रो क्षमता सीमित नै छ, सामूहिकता मूल कुरा हो, त्यसैले सत्य र न्यायको आवाजलाई जीवन्त बनाइराख्नु पर्दछ ।

    प्रिय कमरेडहरू,

    मुलुकको सामाजिक(आर्थिक रूपान्तरणसहितको क्रान्तिको विषय अहम् महत्वको छ । पार्टीको स्थापना र विकास लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रियताको प्रवर्द्धन र जनताको हितका लागि भएको हो । यो निरन्तर अगाडि पर्ने विषय हो । यो सवाल मैले विभिन्न सन्दर्भमा बढाइरहनु उठाउँदै आएको छु र फेरि पनि उठाउने नै छु । त्यसैले, आज म राष्ट्रका जल्दाबल्दा समस्या र तिनको समाधानका विषयमा यहाँ चर्चा गर्न चाहन्न । पछि कुनै सन्दर्भमा यसका बारेमा थप छलफल र अन्तरक्रिया गर्दै धारणाहरू बताउने छु ।

    अन्तमा, पुनः एकपटक मेरो सरोकारका माथि उल्लेखित विषयवस्तुहरूप्रति कमरेडहरूको गम्भीर ध्यानाकर्षण गराउँदै हाम्रो पार्टीलाई वैचारिक रूपले निख्खर र सांगठानिक ढङ्गले सुदृढ बनाएर वर्तमानका चुनौतीहरू सामना गर्न सकिन्छ भन्ने विश्वास व्यक्त गर्दछु । पार्टीलाई थप सुदृढ र एकताबद्ध बनाएर अगाडि बढ्न सक्दा भविष्यमा हुने सम्पूर्ण जननिर्वाचित निकायहरूमा बहुमतसहितको निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्न सकिन्छ । अहिले हामी समाजवादको आधार निर्माण गर्ने चरणमा भएकाले जबजले अँगालेका सामाजिक(आर्थिक नीतिको कार्यान्वयन गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउन अग्रसर हुनु पर्दछ । यसो गर्न सक्दा नै समुन्नत नेपाल बनाउने साझा लक्ष्य हासिल गर्न सकिन्छ । यस विषयमा तपाइँहरू गम्भीर बन्नुहोस् भन्ने आग्रह गर्दछु ।
    धन्यवाद ।
    २०८२ भाद्र १९ गते ।
    विद्यादेवी भण्डारी

     

    • #महाधिवेशन प्रतिनिधिलाई विद्या भण्डारीको पत्र
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    गृहमन्त्री अर्याल नै निर्वाचनको मुख्य चुनौती भएको एमाले नेता बर्तौलाको दाबी

    काठमाण्डौको प्लानिङ बेलबारी गोल्डकपको फाइनलमा प्रवेश

    सप्तरीमा ट्राफिक प्रहरीनै सरसफाइमा

    देउवा ३४ दिनपछि सार्वजनिक हुँदै, कांग्रेस कार्यसमिति आज बस्दै

    सन्दीपको उत्कृष्ट बलिङमा नेपालको रोमाञ्चक जित

    झापा ११ लाई पराजित गर्दै भोजपुर आठौं बेलबारी गोल्डकपको सेमिफाइनलमा प्रवेश

    ताजा समाचार
    १

    गृहमन्त्री अर्याल नै निर्वाचनको मुख्य चुनौती भएको एमाले नेता बर्तौलाको दाबी

    २

    काठमाण्डौको प्लानिङ बेलबारी गोल्डकपको फाइनलमा प्रवेश

    ३

    सप्तरीमा ट्राफिक प्रहरीनै सरसफाइमा

    ४

    देउवा ३४ दिनपछि सार्वजनिक हुँदै, कांग्रेस कार्यसमिति आज बस्दै

    ५

    सन्दीपको उत्कृष्ट बलिङमा नेपालको रोमाञ्चक जित

    ६

    झापा ११ लाई पराजित गर्दै भोजपुर आठौं बेलबारी गोल्डकपको सेमिफाइनलमा प्रवेश

    ७

    कार्की प्रधानमन्त्री बनेपछि पहिलोपटक सुरक्षा परिषद् बैठक

    ८

    आईसीसी टी–२० : यूएईमाथि १ रनको रोमाञ्चक जित

    ९

    आठौं बेलबारी अन्तराष्ट्रिय रनिङ गोल्डकप सुरु, आयोजक विजयी

    १०

    केपी ओली र रमेश लेखक नपक्रिए निर्वाचन हुन नदिने जेन्जीको चेतावनी

    समाचार
    थप

    गृहमन्त्री अर्याल नै निर्वाचनको मुख्य चुनौती भएको एमाले नेता बर्तौलाको दाबी

    काठमाण्डौको प्लानिङ बेलबारी गोल्डकपको फाइनलमा प्रवेश

    सप्तरीमा ट्राफिक प्रहरीनै सरसफाइमा

    देउवा ३४ दिनपछि सार्वजनिक हुँदै, कांग्रेस कार्यसमिति आज बस्दै

    खबर बिशेष
    थप

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

    शिवरात्रीमा गाँजा चिलिमः विकृतिमा लगाम कसरी ? (अजय अवस्थी)

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: ९८४१५१७८६

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution