काठमाडौँ : चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० सांसद आइतबार ११ दिने चीन भ्रमणमा प्रस्थान गर्दैछन् ।
पार्टी महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा जान लागेको प्रतिनिधिमण्डललाई प्रवक्ता जगदीश खरेलले बिहान ९ बजे विमानस्थलबाट बिदाइ गर्ने कार्यक्रम छ । भ्रमणअघि टोलीले प्रधानमन्त्री बालेन शाह र पार्टी सभापति रवि लामिछानेसँग छुट्टाछुट्टै भेटवार्तासमेत गरेको थियो ।
सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली, प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीसहितको टोलीले बेइजिङ, हाङचोउ र सिचुवानलगायतका सहरको भ्रमण गर्नेछ ।
भ्रमणका क्रममा कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल प्रविधि, कृषि आधुनिकीकरण र उद्यमशीलतामा चीनले गरेको विकासको अध्ययन गरी नेपालमा उपयोग गर्ने विषयमा विचार आदानप्रदान हुने छ ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |