

काठमाडौं : रसुवामा आएको अकस्मात बाढीको प्रभाव तटीय क्षेत्रसम्म फैलिँदा धादिङको मलेखुस्थित मोटरेबल पुल बगेको छ। बुधबार बिहान करिब ९ बजे रसुवा क्षेत्रमा आएको भीषण बाढीले त्रिशूली नदी र त्यसका सहायक नदी तटीय संरचनाहरूमा ठूलो क्षति पुर्याएको छ।
मलेखु खोलामा आएको बाढीले पुल बगाएपछि धादिङबेँसी हुँदै गोरखा तथा उत्तरी धादिङ जोड्ने सडक सम्पर्क विच्छेद भएको छ। पृथ्वी राजमार्गसँग जोडिने यो प्रमुख पुल भत्किएपछि सवारी साधनको आवतजावत ठप्प बनेको हो ।
रसुवाबाट सुरु भएको बाढीको त्रास तटीय बस्तीहरूमा बढ्दै गएपछि प्रहरी र स्थानीय प्रशासनले त्रिशूली नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा सर्न आग्रह गरेका छन्।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |