

काठमाडौँ : रसुवामा गएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या २२ पुगेको छ। ज्यान गुमाउनेहरूमा ११ जना महिला र ९ जना पुरुष रहेका छन् भने बाँकी २ जनाको पहिचान लिङ्ग खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
गृह मन्त्रालयले अपराह्न ५ बजेसम्म उपलब्ध गराएको तथ्यांकअनुसार प्रभावित क्षेत्रबाट हालसम्म ६५ जनाको सकुशल उद्धार गरिएको छ। उद्धार गरिएका घाइतेहरूको काठमाडौँ लगायतका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ।
नुवाकोटमा ११, धादिङमा ९, रसुवामा १ र चितवनमा १ जनाको शव भेटिएको बताइएको छ । प्रभावित क्षेत्रमा उद्धार र राहतको काम अझै जारी छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |