सिन्धुली : सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-१ बस्तीपुरमा रुख ढल्दा दुई बालबालिकाको ज्यान गएको छ ।
शुक्रबार दिउँसो ३ः ३० बजेतिर झरीबाट ओत लाग्न टहरामा बसेका बेला सालको रुख ढल्दा टहरो किचिदा ९ वर्षीय सार्की थिङ र १६ वर्षीया सन्ता गोलेको घटनास्थलमै मृत्यु भएको हो। त्यसैगरी १४ वर्षीया सिर्जना माया, १५ वर्षीया सन्ध्या भोलन र ७ वर्षीय सुशील थिङ घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
जसमध्ये गम्भीर घाइते सिर्जना र सन्ध्यालाई थप उपचारका लागि हेटौडा रिफर गरिएको छ। सुशीलको झुरझुरेस्थित पाँचपाण्डव पोलिक्लिनिकमा उपचार भइरहेको छ। लगातारको झरीपछि चिप्लो जमिन र पानीको चापले रुख ढलेको प्रहरीको अनुमान छ ।