


काठमाडौं : राजधानी काठमाडौंका सुनचाँदी पसलहरूमा अचेल सुनचाँदीको कारोबार खासै छैन् ।
ग्राहकको चहलपहल सामान्य भए पनि सुनको भाउले छोइनसक्नु भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुनको मूल्य प्रतितोला तीन हजार ४०० रुपैयाँले उकालो लागेको छ। अब सुन एक लाख ९६ हजार ५०० रुपैयाँमा पुगेको छ, जुन अघिल्लो साता अर्थात् शुक्रबार एक लाख ९३ हजार १०० रुपैयाँ थियो। ‘दैनिक उतारचढाव सामान्य हो, तर यति धेरैको एकैदिनको वृद्धि दुर्लभ भएको व्यवसायीको भनाइ छ ।
त्यति मात्र होइन, चाँदीको भाउ पनि चुपचाप बढिरहेको छ। आइतबार चाँदी प्रतितोला १५ रुपैयाँले बढेर दुई हजार २५० रुपैयाँ पुगेको छ। विशेषज्ञहरूका अनुसार, अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरता, सुनको माग, र डलरको मूल्यका उतारचढावले नेपाली बजारमा समेत प्रत्यक्ष प्रभाव पारिरहेको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |