


काठमाडौँ : २०१० को विश्वविजेता स्पेनले फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। राउन्ड अफ ३२ अन्तर्गत सम्पन्न खेलमा स्पेनले अष्ट्रियामाथि ३-० को सहज जित निकाल्दै उपाधि यात्रालाई निरन्तरता दिएको हो।
स्पेनको जितमा मिकेल ओयार्जाबल नायक बने। उनले दुई गोल गर्दा पेड्रो पोरोले एक गोल थपे। खेलको ३६औँ मिनेटमा ओयार्जाबलले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा स्पेनले खेलमाथिको नियन्त्रण थप मजबुत बनायो। ६६औँ मिनेटमा पेड्रो पोरोले गोल गर्दै अग्रता दोब्बर पारेपछि अष्ट्रियाको पुनरागमनको सम्भावना कमजोर बन्यो। त्यसपछि खेलको ८९औँ मिनेटमा ओयार्जाबलले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै स्पेनको प्रभावशाली जित सुनिश्चित गरे।
यस जितसँगै स्पेनले प्रि–क्वाटरफाइनलमा स्थान बनाएको छ। अब स्पेनले अन्तिम १६ मा पोर्चुगल र क्रोएसियाबीच हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। पराजित अष्ट्रियाको भने विश्वकप यात्रा राउन्ड अफ ३२ मै टुंगिएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |