काठमाडौँ : श्रमसचिव रहँदा अवैध रूपमा रकम संकलन गरी श्रमिकलाई मलेसिया पठाएको आरोपमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् ।
प्रहरी स्रोतका अनुसार अर्याल पक्राउ परेको पुष्टि भए पनि उनलाई कहाँबाट नियन्त्रणमा लिइएको हो भन्नेबारे विस्तृत विवरण खुलाइएको छैन ।
उक्त प्रकरणमा संलग्नता रहेको अभियोगमा अनुसन्धान अघि बढाउन प्रहरीले केही दिनअघि मात्र काठमाडौँ जिल्ला अदालतबाट अर्यालविरुद्ध पक्राउ पुर्जीको अनुमति लिएको थियो । पक्राउ परेका अर्यालमाथि थप कानुनी प्रक्रिया तथा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |