काठमाडौँ : कारोबार रकममा आएको संकुचनसँगै बिहीबार सेयर बजार परिसूचक नेप्से १० दशमलव ८९ अंकले घटेर २६३६ अंकमा झरेको छ । अघिल्लो दिन नेप्से ८.६६ अंकले बढेको थियो ।
कारोबार रकम अघिल्लो दिनको ६ अर्ब १४ करोड रुपैयाँबाट घटेर बिहीबार ५ अर्ब ४८ करोड रुपैयाँमा सीमित भएको छ । ८६ कम्पनीको सेयर मूल्य उकालो लाग्दा १७९ कम्पनीको घट्यो भने १४ कम्पनीको स्थिर रह्यो ।
लगानी समूहबाहेक अरू सबै उपसमूह राताम्य रहे । लगानी समूह ०.७२ प्रतिशतले बढ्दा अघिल्लो दिन शीर्ष स्थानमा रहेको विकास बैंक समूह ०।४८ प्रतिशतले ओरालो लाग्यो । व्यापार १.५२, बैंकिङ ०.९३ र होटल तथा पर्यटन ०.६२ प्रतिशतले घटे । निर्जीवन बीमा ०.४२, फाइनान्स ०.४१, जीवन बीमा ०.३४, उत्पादन तथा प्रशोधन ०.१८, अन्य ०.१३ र जलविद्युत् ०.०९ प्रतिशतले घटे ।
युनिक नेपाल लघुवित्त ४.८८ र गार्डियन माइक्रोलाइफ ४.०० प्रतिशतले बढे भने एभरेस्ट कलर ४.६० प्रतिशतले घटेको छ । कारोबार रकममा हिमालय ऊर्जा विकास कम्पनी अगाडि रहेको छ ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |