


काठमाडौं : चर्चित इटालियन प्रशिक्षक रोबर्टो मान्सिनीले साउदी अरब छाडेका छन्।
उनले सन् २०२३ को अगष्टमा साउदीको राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी लिएका थिए । तर, सन् २०२१ मा इटालीको प्रशिक्षकका रुपमा युरोपियन च्याम्पियनसिप जितेका मान्सिनीले आपसी सहमतिमा क्लब छोड्ने निर्णय लिएका हुन् ।
उनले खेलाडी र प्रशिक्षक दुवैको रूपमा आफ्नो करियरमा धेरै उपाधि जितेका छन्। इन्टर मिलान र म्यानचेस्टर सिटीका पूर्वप्रशिक्षकसमेत रहिसकेका उनी साउदी अरबलाई यस वर्ष एसियन कपको उपाधि जिताउन असफल भए। साउदी अन्तिम १६ बाट बाहिरिएको थियो।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |