काठमाडौँ : एक समय नेपालमा उत्पादित ‘गोरखकाली’ टायरको बजार स्वदेशमा मात्र सीमित नरही बंगलादेशसम्म पुग्ने गरेको थियो । गोरखाली टायर उद्योग लिमिटेडका पूर्वमहाप्रबन्धक (जिएम) हरिनारायण मल्लका अनुसार यस उद्योगबाट उत्पादित टायरहरू बंगलादेशलगायतका देशहरूमा समेत निर्यात हुने गरेको थियो ।
टायर उद्योग नभएका ठूला राष्ट्रहरूको माग धान्न नेपालबाट टायर पठाउने गरिएको उनको भनाइ छ । तर, गर्विलो इतिहास बोकेको नेपालको एकमात्र यो रबर उद्योग राजनीतिक हस्तक्षेप, आर्थिक कुव्यवस्थापन र नियमित कच्चा पदार्थको अभावका कारण वि.सं. २०७२ सालदेखि पूर्ण रूपमा बन्द भइसकेको छ ।
गोरखाको मझुवा देउरालीमा करिब ६ सय ६५ रोपनी क्षेत्रफलमा फैलिएको र करिब १० अर्ब रुपैयाँ बराबरको राज्यको लगानी र सम्पत्ति भएको यो उद्योग राजनीतिक भर्तीकेन्द्र र बेथितिका कारण आज पूर्ण रूपमा जीर्ण बनेको छ ।
पछिल्लो समय आफू बंगलादेश भ्रमणमा जाँदा त्यहाँको औद्योगिक तथा राजनीतिक अवस्था नजिकबाट बुझ्ने अवसर पाएको उनको भनाइ छ । मुलुकभित्रका यस्ता ऐतिहासिक राष्ट्रिय उद्योगहरू जोगाउन नसक्दा अर्बौँ रकम टायर आयातका नाममा बाहिरिरहेको उनको भनाइ छ ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |