काठमाडौँ : बिचौलिया इमान सापकोटासँगको जोडिएका विवरणहरू बाहिरिएर चौतर्फी चासो र चिन्ता बढेको पृष्ठभूमिमा प्रधानन्यायाधीश डा. मनोज शर्माले सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीशहरूको प्रशासनिक बैठक (फुल कोर्ट) बोलाएका छन् ।
आज बिहान बस्स्ने गरी सबै न्यायाधीशहरूलाई बैठकको सूचना जारी गरिएको छ। बैठक बोलाइनुको यकिन कारण औपचारिक रूपमा सार्वजनिक नगरिए तापनि यसको एजेन्डामा ‘समसामयिक विषयमा छलफल’ राखिएको छ। प्रधानन्यायाधीश डा। शर्मा र अदालतका अन्य न्यायाधीशहरूको सहभागिता रहने भनिएको यस बैठकलाई चासोका साथ हेरिएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |