काठमाडौं : गत वैशाखमा मात्रै एकैपटक ४४ वटा शाखा बन्द गरिसकेको एनआईसी एसिया बैंकले खर्च कटौती तथा वित्तीय अवस्था सुधारका लागि पुनः थप सातवटा शाखा बन्द गर्ने भएको छ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई खर्च व्यवस्थापन र आवश्यकता अनुसार शाखा समायोजनका लागि नीतिगत सहजीकरण गरेपछि बैंकले शाखा घटाउने क्रमलाई निरन्तरता दिएको हो। जसअनुसार बैंकले काठमाडौंको ठूलोभर्याङ, रुपन्देहीका राममन्दिर बुटवल, देवीनगर र देवकोटा चोक, झापाको फाल्गुनन्द चोक तथा भक्तपुरका ट्याङ्लाफाँट र पुरानो ठिमीस्थित शाखाहरू बन्द गर्न लागेको छ।
उपत्यकामा मात्रै हालसम्म ३५ भन्दा बढी शाखा बन्द गरिसकेको बैंकले अब बन्द हुने शाखाहरूलाई नजिकका अन्य शाखामा समायोजन गरिने जनाएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |