काठमाडौं : भुटानको उत्तरमा रहेको शिंताफू हिमताल अचानक फुट्दा आएको बाढीले मुख्य सडकको एक खण्ड बगाएपछि दुर्गम लाया क्षेत्र देशका अन्य भूभागबाट पूर्ण रूपमा विच्छेद भएको छ। गासा जिल्लामा अवस्थित तालबाट राति बाहिरिएको बाढीले सडक संरचनामा ठूलो क्षति पुर्याएपछि यातायात सेवा अनिश्चितकालका लागि ठप्प भएको छ ।
रातको समय भएकाले क्षतिको वास्तविक विवरण आउन नसके पनि बाढीको प्रभाव गम्भीर हुन सक्ने आकलन गरिएको छ। आपतकालीन अधिकारीहरूले जोखिमयुक्त क्षेत्रका बासिन्दा र सुरक्षाकर्मीलाई सुरक्षित रहन निर्देशन दिएका छन् भने हालसम्म मानवीय क्षति नभएको पुष्टि भएको छ।
यसैबीच, हिमताल फुटेर आएको बाढीको जोखिम नेपालसँगै जोडिएको छिमेकी देश भारतको पश्चिम बंगालसम्म पुगेको छ। संकोश नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउँदै वनमन्त्री मनोज कुमार ओरांवले स्थानीयलाई सावधानी अपनाउन र जोखिममा रहेकाहरूलाई सुरक्षित स्थानमा सार्न प्रशासनलाई कडा निर्देशन दिएका छन्।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |