काठमाडौं : सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्टलाई रिहा गर्न माग गर्दै दायर भएको बन्दीप्रत्यक्षीकरणको रिट निवेदन सर्वोच्च अदालतमा आज पहिलो नम्बरमा पेसी चढेको छ।
सर्वोच्च अदालतका न्यायाधीश सारङ्गा सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासमा उक्त पेसी चढेको हो। यसअघि भट्टका बुबा चतुर्भुज भट्टले असोज ७ गते दर्ता गर्नुभएको रिटमा अदालतले कारण देखाऊ आदेश जारी गर्दै महान्यायाधीवक्ताको कार्यालयमार्फत ३ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको थियो।
धितोपत्र कारोबार प्रकरणमा गत चैत १९ गते पक्राउ परेका भट्टलाई गैरकानूनी रूपमा थुनामा राखिएको दाबी गर्दै यसअघि उनकी श्रीमती आयुष्मा नेपालले समेत बन्दीप्रत्यक्षीकरण रिट दायर गर्नुभएको थियो। विभिन्न इजलासमा ‘हेर्न नमिल्ने’ सूचीमा पर्दै आएको उक्त विवादमा आज हुने सुनुवाइलाई चासोका साथ हेरिएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |