काठमाडौं : जिम्मेवारी लिएका निर्माण कार्य समयमै सम्पन्न नगर्ने विभिन्न ६ वटा निर्माण कम्पनीहरू कालो सूचीमा परेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सूचना जारी गर्दै विभिन्न निकायबाट प्राप्त सिफारिसका आधारमा ती कम्पनीहरूलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कारबाही गर्दै उनीहरूलाई एक वर्षदेखि तीन वर्षसम्मका लागि कालो सूचीमा राखिएको छ। यसरी कालो सूचीमा परेका निर्माण कम्पनीहरूले तोकिएको अवधिभर कुनै पनि नयाँ सार्वजनिक खरिद तथा ठेक्का प्रक्रियामा भाग लिन पाउने छैनन्।


हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |