काठमाडौं : अवैध रूपमा क्रिप्टोकरेन्सी र अनलाइन सट्टेबाजीको कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका १२ घर भएका २८ वर्षीय सुनिलकुमार यादव रहेका छन्।
विभिन्न विद्युतीय माध्यम तथा अनलाइन बेटिङ एपमार्फत सट्टेबाजी खेलाउने र क्रिप्टोकरेन्सीको अवैध कारोबार भइरहेको विशेष सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय धनुषाको समन्वयमा उनलाई नियन्त्रणमा लिएको हो।
प्रारम्भिक अनुसन्धानबाट यादवले हालसम्म २ अर्ब १६ करोड १ लाख २० हजार ८ सय २१ रूपैयाँ बराबरको अवैध क्रिप्टो कारोबार गरेको खुल्न आएको प्रहरीले जनाएको छ। उनीविरुद्ध अभौतिक मुद्राको प्रयोग गर्न नहुने कसुरमा जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |