काठमाडौं : वैदेशिक रोजगारीको आकर्षक प्रलोभन देखाएर रोमानिया र क्रोएसिया पठनार्द्ध भन्दै रकम ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जुम्ला घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका ५ बस्ने ३६ वर्षीय बिरेन्द्र शाही रहेका छन्।
रोमानिया र क्रोएसिया पठाइदिने भन्दै बिरेन्द्रले विभिन्न ८ जना पीडितहरूबाट कुल १८ लाख रूपैयाँ लिएर सम्पर्कविहीन भएको भन्ने उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई सूर्यविनायकबाटै नियन्त्रणमा लिएको हो।
पीडितहरूको उजुरी तथा प्रारम्भिक अनुसन्धानपछि पक्राउ परेका शाहीलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |